नवनियुक्त मुख्यमन्त्री अधिकारीसँगै विनाविभागीय मन्त्री चुमान र मनाङेले लिए शपथ

नवलपुर टुडे
२०८० चैत्र २५ | मध्यान्ह ०४:१२ बजे

पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् ।
अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरी शपथ दिलाएका छन् ।























