दुर्घटना

चितवनमा ट्रक दुर्घटना हुँदा नवलपुरको मध्यविन्दुका दुई युवक घाइते

नवलपुर टुडे
२०८० चैत्र २४ | मध्यान्ह ०८:१२ बजे

चितवन, चैत्र २४ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित पाँच किलोमा ट्रक पल्टिँदा दुई जना घाइते भएका छन् ।

शनिबार दिउँसो ढुंगा लोड गरेर मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको ग २ ख ८९७ नम्बरको ट्रक अगाडीको टायर पड्किएर अनियन्त्रित भई कलर्भटमा पल्टिएको थियो

दुर्घटनामा चालक मध्यविन्दु नगरपालिका – १५ चोरमाराका ३५ वर्षीय हरिनारायण महतो र सहचालक मध्यविन्दु नगरपालिका – ६ बस्ने २६ वर्षीय टेकनारायण थापा घाइते भएका हुन् । चालक महतोको शरीरका विभिन्न भागमा चोट लागेका कारण अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सहचालक थापाको अवस्था भने मध्यम रहेको छ । उनीहरु दुवै जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

कमेन्टहरु