कपिलवस्तुको महाराजगन्जमा अवधी लाेकगीत संगीत संरक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनीमा “अवधी भाषा कला साहित्य संरक्षण अभियान, महाराजगन्ज नगरपालिका कय उत्कृष्ट पहिचान” मुल नाराकाे साथ अवधी लोकगित संगीत संरक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अहिरउवा नाच, कहरउवा नाच, विरहा, अल्हा, चनैनी विरहा लगायत अवधी भाषाकाे लाेकगीत कला संस्कृतिलाई प्रस्तुत गरिएको थियो । कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री सुरेन्द्र राज आचार्यले भन्नू भयो कि अवधी भाषाकाे आफ्नाे छुट्टै महत्त्व रहेको कुरा बताउनु भयो । अवधी कला संस्कृतिलाई सबैले संरक्षण गर्नु पर्छ ।

कार्यक्रमकाे विशिष्ट अतिथि महाराजगन्ज नगरपालिका नगर प्रमुख अब्दुल कलाम खानले भने कि अवधी भाषा लाेप हुनुमा हामी सबैको कमीकमजोरीले गर्दा भएको हाे । अवधी भाषालाई विस्तारै विस्तारै बाेल्न छाेडिरहेका छाै । अवधी भाषाकाे कला संस्कृतिलाई जाेगाएर राख्नु हाम्रो कर्तव्य हाे । हाम्रो पहिचान अवधी भाषा नैे हाे ।
उक्त कार्यक्रम अवध मिडिया जागरणकाे आयाेजना, अवधी पत्रकार संघ कपिलवस्तुकाे समन्वय र महाराजगन्ज नगरपालिका वडा नं ३ काे सहयोगमा सम्पन्न भएको हाे ।

महाराजगन्ज नगरपालिकाकी उप प्रमुख रिता कुर्मी, महाराजगन्ज नगरपालिका वडा नं ३ काे अध्यक्ष नैन दास माैर्य, वडा १ काे अध्यक्ष प्रमाेद चाैधरी, वडा नं ५ काे अध्यक्ष छेदी प्रसाद चाैधरी, अवधी भाषाका कवि, पत्रकार र अवधी भाषा प्रेमी लगायत अन्य व्यक्तिहरुकाे सहभागितामा रहेको थियो























