कोशी प्रदेश

सुनसरीको इनरुवा सुकुम्बासी परिवारको घरमा डोजर

नवलपुर टुडे
२०८० चैत्र २४ | मध्यान्ह ०३:१२ बजे
गढी गाउँपालिका ६ सतैरझोरा हातिमुडा निवासी विष्णु उराँव र अन्नतला उराँवको घरमा डोजर लगाएर भत्काएको अवस्था हो ।

इनरुवा, चैत २४ गते । सुनसरीको गढी गाउँपालिका ६ सतैरझोरा हातिमुडामा दुई सुकुम्बासी परिवारको घरमा डोजर चलाइएको छ । एलानी जग्गा नजिकै जग्गा रहेका एक जना जग्गाबालाले अदालतको आदेश भन्दै दुई सुकुम्बासी परिवारको घरमा डोजर चलाएको हो ।

एलानी जग्गामा घर भएका गढी गाउँपालिका ६ सतैरझोरा हातिमुडा निवासी ५० वर्षीय विष्णु उराँव र ४० वर्षीय अन्नतला उराँवको घरमा डोजर लगाएर भत्काएको हो । डोजरले घर भत्काएपछि विष्णु र अन्नतल परिवार चैत १७ गतेदेखि खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् ।

स्थानीय सुरेन्द्र उराँवले शनिबार चैत २४ गते विष्णु र अन्नतलाको घरमा डोजर लगाउनेलाई कारवाही, क्षतीपूर्ती र बासोबासको ग्यारेण्टीको माग गर्दै सयौं सङ्ख्यामा स्थानीयले पर्दशन गरेका छन् । गढी गाउँपालिका ६ र देवानगञ्ज गाउँपापिलका ७ जोड्ने बाटोको २१० फीट चौडाई एलानी जग्गामा बसोबास गर्दै भएका उराँवद्वयको घर भत्काएकाले आफूहरुलाई दुःख लागेको भन्दै स्थानीयले विरोध पर्दशन गरेका हुन् ।

उराँवद्वयलाई सोही ठाउँमा पुनरबासको माग र क्षतीपूर्तीको माग गर्दै पर्दशनमा उत्रेको स्थानीय रामु उराँवले बताउनुभयो । उहाँले आफूहरु माथि अन्याय भए सडक आन्दोलन गर्न बाध्य हुने  चेतवानी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, “सडकको एलानी जग्गा खोज्ने र खाली गर्ने काम स्थानीय सरकारको हाmे । तर हरिनगर गाउँपालिका ३ गौतमपुर घर बनाउने रामचन्द्र महेताले आफ्नो जग्गाको अगाडिको एलानी आफ्नो भन्दै प्रहरीको बल र डोजर लगाएर भत्काई दिएको छ, यसको हामी विरोध गर्छौ ।”

नेपालको संविधान २०७२ को मौलिक हकमा र आवाशको अधिकार सम्बन्धी ऐन २०७५ मा समेत आवाशको अधिकारको ग्यारेण्टी गरेको भए पनि उराँव दोयको घरमा प्रहरीको बल र डोजर लगाएर भत्काइदिएको घटनाको पूर्व सतैरझोरा गाविस अध्यक्ष कुशेश्वर खेरवार यादवले समेत विरोध जनाउनुभएको छ ।

खेरवारले उराँवहरुको उठीबास गर्ने कार्यको निन्दा गर्नुहुदै आवाशको अधिकारको ग्यारेण्टी गर्नुपर्ने र बल प्रयोग गरेर गरेको क्षतीको क्षतीपूर्ती दिनुपर्ने माग गर्नुभयो । 

उता गढी गाउँपालिका ६ का कार्यवाहक वडा अध्यक्ष योगनारायण चौधरीले अदालतको आदेशमा घर हटाएको प्रतिकृया दिनुभयो । उहाँले पनि सबै कुरा नबुझदा अहिले उराँव परिवारलाई समस्या भएको जानकारी दिनुहुँदै एलानी वडा वा गाउँपालिकाले आफ्नो अधिनमा लिने प्रकृया अगाडि बनाउने बताउनुभयो । 

कमेन्टहरु