राजनीति, लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिँदै

नवलपुर टुडे
२०८० चैत्र २२ | मध्यान्ह ०२:१२ बजे

काठमाडौं, चैत २२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । पार्टीले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने भएपछि उनले राजीनामा दिन लागेका हुन् ।

नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको समर्थन जुटाएका छन् ।

चौधरीले बिहीबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनाको घोषणा गर्ने तयारी रहेको स्रोतले बताएको छ ।

कमेन्टहरु