गण्डकी प्रदेश

गाउँ गाउँमा जनताको समस्या र गुनासो सुन्दै विहादी गाउँपालिका अध्यक्ष गुरुङ

अमृत भट्टराई
२०८० चैत्र २२ | बिहान ११:१२ बजे

पर्वत, विहादी । पर्वतको विहादी  गाउँपालिकाका अध्यक्ष परविन गुरुङ गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासो सुन्दै आइरहेका छन् ।

निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत  विहादी गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष परविन गुरुङले भने ‘जनतासँग अध्यक्ष’ कार्यक्रम लिएर गाउँ गाउँमा पुग्न थालेका छन् ।

photo 2024 04 04 11 14 41

उनले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, शिक्षा, कृषि, स्वास्थ्य, खाने पानी लगायतका समस्या समाधानमा भूमिका खेल्ने बताएका छन् ।

अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘निर्वाचन जितेपछि जनताको समस्या बिर्सने बेथिति बढ्दै गयो, जसबाट नेता र जनताको सम्बन्ध सुमधुर बन्न सकेन, त्यही कुरालाई मध्यनजर गर्दै मैले यो कार्यक्रम लिएर तपाईको ठाउँमा आएको हुँ ।

photo 2024 04 04 11 14 45

जनताको जिज्ञासामा अध्यक्ष गुरुङले भने, ‘‘पालिकामा रहेका समस्याको विषयमा जनतासँग छलफल र संवाद गरि समाधान गर्न आफु जहिल्यै पनि तयारी रहेको उनले बताए ।

अभियानबाट जनताले स्थानीय सरकारले के गरिरहेको छ, पालिकाको योजना कस्तो छ, विकासका कामहरु के कस्तो भइरहेका विषयमा समेत जानकारी लिइरहेका छौं ।

photo 2024 04 04 11 14 54

जनता नै आफ्नो पाठशाला रहेको बताउने अध्यक्ष गुरुङले जनप्रतिधि र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन साथै समाजमा एउटा नयाँ कामको थालनी होस् भन्ने लक्ष्यले यस्तो कार्यक्रमको सञ्चालन गरेको बताए ।

आफूले जिताएको नेतासँग निर्धक्कसँग आफ्ना समस्या सुनाउन पाउँदा स्थानीय जनता खुशी देखिन्छन् । स्थानीयहरुले भन्नुभयो, ‘‘आफूले जिताएको अध्यक्षसँग भोगेको समस्या सुनाउन पाउँदा निकै खुशी लागेको छ, यस्ता कार्यक्रम वडा अध्यक्षहरुले पनि ल्याउन आवश्यक छ ।

अध्यक्ष गुरुङले आफू जनप्रतिनिधि भएदेखिनै यो कार्यक्रम सञ्चालन गर्ने सोच बनाएपनि केही कारण बस ढिलो भएको महशुस भएको छ। यस्तो कार्यक्रम संचालन गर्दा जनताको समस्या र गुनासो प्रत्येक्ष सुन्दा समयमै हल गर्न सकिन्छ ।

साथै त्यहीँ अनुसारको बजेट, योजना बनाउन सहज हुने देखिन्छ । चुनावको समयमा भोट माग्दा धेरै आश्वासन दिएका नेताहरुले आफ्नो ठाउँको समस्यामा ध्यान नदिँदा स्थानीयले आक्रोश पनि देखाउने गरेका छन् ।

photo 2024 04 04 11 14 57

जनतासँग अध्यक्ष कार्यक्रम विहादी गाउँपालिका वडा नम्बर १ बाच्छाको विभिन्न बस्तीमा सम्पन्न भएको छ यस्तै वडा नम्बर २ बर्राचौर वडा नम्बर ३ रानीपानी वडा नम्बर ६ सालिग्रामका केही बस्ती , वडा नम्बर ५ उराम लगायत ठाउँ सम्पन्न भएको छ भने बाकी वडाका बस्तीमा पनि छिटै सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

photo 2024 04 04 11 15 11

जनताको गुनासो अनुसारनै गाउँपालिकाले कृषि क्षेत्रलाई अगाडि बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको आर्थिक अवस्था कमजोर भएर लोकसेवा पढ्नबाट बन्चित भएका विद्यार्थीलाई गाउँमै लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएको, युवाहरूलाई स्वरोजगार गराई गाउँमै रोजगारी दिनका लागि विभिन्न प्रविधिक तालिम दिएको, विहादी वासी जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै यहीँ चैत २७ गते बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने लागेको र सबैले उक्त शिविरमा सहभागी भई स्वास्थ चेकजाँच गराउनसमेत अनुरोध गर्नु भएको छ ।

गुरुङले पछिल्लो समय विकास निर्माणका काम कतै ढिला सुस्त त कतै लापरबाही भएछ भन्ने गुनासो आएपछि सम्बन्धि विज्ञ टोलीसहित अनुगमन गर्दै आउनुभएको छ  ।

कमेन्टहरु