कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखलाई बुझाए राजीनामा पत्र

नवलपुर टुडे
२०८० चैत्र २१ | मध्यान्ह ०६:१२ बजे

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएको पत्र प्रदेश प्रमुख तिलक परियारसमक्ष बुझाएका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका शर्माले प्रदेश प्रमुखको कार्यालयमा पुगेर पत्र बुझाएका हुन् ।
शर्माको राजीनामा सँगै कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार बनाउन बाटो खुलेको छ । एमालेले पहिलो पटक कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाउने भएको छ ।


















