शिक्षा

त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सर्‍यो

नवलपुर टुडे
२०८० चैत्र २१ | बिहान ०६:१२ बजे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो। 

पूर्व प्रकाशित परीक्षा तालिका प्राविधिक कारणले २०८१ वैशाख १६ गते देखि सञ्चालन हुने गरी पुनः परिमार्जन भएको पनिकाले जनाएको छ। परीक्षा दिउसो १२ बजेदेखि दिउसो ३ बजेसम्म चल्नेछ। 

परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्दै पनिकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन भनेको छ।

FB_IMG_1712076998678

fb img 1712077001220 wh01I7i36a

 

कमेन्टहरु