पर्वतमा धारिलो हतियार प्रहारबाट श्रीमान श्रीमतीको हत्या

नवलपुर टुडे
२०८० चैत्र २० | बिहान ११:१२ बजे

पर्वत, चैत २० । पर्वतको जलजला गाउँपालिका वडा नं २ राममन्दिरमा गएराति एक दम्पतीको हत्या भएको छ ।
स्थानीय सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा आज बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
एकान्तमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्दै आएका थिए । लुटपाट गरेर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ ।























