देश, मधेश प्रदेश

डिभिजन वन कार्यालय रौतहट घाटगद्दीमा राखिएको काठमा आगलागी, नियन्त्रणको प्रयास जारी

अशोक यादव
२०८० चैत्र १९ | मध्यान्ह ०७:१२ बजे
फाइल तस्बिर

रौतहट । डिभिजन वन कार्यालय रौतहट अन्तर्गत घाटगद्दी गरी राखिएको काठमा आगलागी भएको छ । आगलागीबाट लाखौँ रुपैयाँ बराबरको काठदाउरा जलेर नष्ट भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा सोमबार दिउँसो आगलागी भएको हो ।

आगो अझै नियन्त्रणमा लिन नसकेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । गैडाटार सवडिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए ।

उनका अनुसार ती काठ नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन निर्माणका लागि वन क्षेत्रबाट कटान गरिएको थियो । सोमबार दिउँसो २ बजेर ४२ मिनेटमा आगलागीबारे सूचना आएको सेक्टर वन कार्यालय चोंचाका प्रमुख अधिकृत राजेश कुमार साहले बताए ।

खबर लगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट ५ वटा वारुण यन्त्रसहित वन कर्मचारी, वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

 

कमेन्टहरु