लुम्बिनी प्रदेश

पाल्पामा हावाहुरीका कारण रुख ढलेर किच्दा एक युवककाे मृत्यु

असिम कामु
२०८० चैत्र १७ | मध्यान्ह ०८:१२ बजे

पाल्पा, चैत १७ । पाल्पामा असिना पानीसहित आएको हावाहुरीको कारणले रुख ढलेर किच्दा एक युवकको ज्यान गएको छ ।

डुम्रे नजिकै जरे पिपलमा बाटोमा गुडिरहेको स्कुटरमाथि सल्लाको रुख ढलेर किच्दा स्कुटर चालक पाल्पा कैलाशनगरका २० वर्षिय भुवन सिंजालीको घटनास्थलमै ज्यान गएको हो ।

लु ८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र एक माेटरसाइकल पनि पल्टिएको छ ।

पानीसहित आएको हावाहुरीले रुख ढलेका कारण अहिले पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्कुटरमा सवार अर्का एक जना सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

कमेन्टहरु