राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरूलाई आफ्नो नेतृत्वमा रहेको विद्यालय उत्कृष्ट बनाउन वक्ताहरूको आग्रह

कपिलवस्तु । नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरूलाई आफ्नो नेतृत्व रहेको स्कुललाई नमुना बनाउने गरी लाग्न वक्ताहरूले आग्रह गरेका छन् । शिवराज- ५ को चेन्बर भवन चन्द्रौटामा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर समितिको तेस्रो नगर अधिवेशनको उद्घाटन शत्रमा शुभकामना मन्तब्य राख्दै कार्यक्रमका अतिथि वक्ताहरूले यस्तो आग्रह गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य अर्जुनकुमार केसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका कपिलवस्तु जिल्ला सचिव टिकाराम घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठनका लुम्बिनी प्रदेश सदस्य झबिलाल भण्डारी, नेकपा एमाले शिवराज नगरकमिटी अध्यक्ष जगतप्रसाद पौडेल, उपाध्यक्ष महादेव पोख्रेल, शिवराज ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, पेशागत महासंघका विष्णु क्षेत्री लगायतले मन्तव्य राख्नुभएको थियो ।
अधिववेशन नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष गिरीप्रसाद गैरेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, नगर उपाध्यक्ष शान्ति केसीको स्वागत र सचिव देबिराम पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो भने सचिव देवीराम पाण्डे द्वारा साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष कमला शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।























