गण्डकी प्रदेश, घटना

मुक्तिनाथ दर्शन गर्न आएका भारतीय तिर्थयात्रीको लेक लागेर मृत्यु

नवलपुर टुडे
२०८० चैत्र १७ | मध्यान्ह ०६:१२ बजे

मुस्ताङ, चैत १७ । मुक्तिनाथ दर्शन गर्न आएका भारतीय तिर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको गुजरातकी ६५ वर्षीया जानी तरुणा बेन रहेकी छिन् ।

मुक्तिनाथ दर्शनका लागि उनीसहित ७ जनाको टोली मुस्ताङको थासाङ गा.पा. -१ टुकुचे नजिकै आईपुग्ने क्रममा अचानक लेक लागेर जानी बिरामी भएका थिए । उनलाई उपचारको लागि मुस्ताङ जिल्ला अस्पताल जोमसोममा ल्याउँदा डाक्टरले अन्दाजी ५ बजेर ५० मिनेट को समयमा मृत घोषणा गरेको जिप्रका मुस्ताङका प्रमुख डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

जानीको साथमा उनको श्रीमान जानी प्रबिन भाइ रहेको छ । घटनास्थलमा मुचुल्काको लागि जिप्रका मुस्ताङबाट प्रहरी निरीक्षक मिलन बहादुर बि.क.को कमाण्डमा ५ जनाको टोली खटि गई आवश्यक अनुसन्धान गरिरहेको डीएसपी पाण्डेयले बताए ।

कमेन्टहरु