घटना, लुम्बिनी प्रदेश

दाङमा घाँस काट्न जंगल गएकी किशोरीको भिरबाट लडेर मृत्यु 

नवलपुर टुडे
२०८० चैत्र १५ | बिहान १०:१२ बजे

दाङ, चैत १५ । दाङमा घाँस काट्न जंगल गएकी एक किशोरीको भिरबाट लडेर मृत्यु भएको छ ।

बबई गाउँपालिका वडा नं ७ मलई खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा भिरबाट लडेर १८ वर्षीया करिष्मा घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

बुधबार बिहान साढे ८ बजेतिर करिष्मा भिरबाट अन्दाजी ६५ मिटर तल खसेकी थिइन् । करिष्मासँगै सोही ठाउँकी सुष्मा पुन पनि घाँस काट्न गएकी थिइन् ।

कमेन्टहरु