शिक्षा

आजबाट एसईई परीक्षा सुरू, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

नवलपुर टुडे
२०८० चैत्र १५ | बिहान ०६:१२ बजे

काठमाडौं, चैत १५ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरू हुँदैछ । आजबाट सुरू हुने परीक्षामा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ । एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको एसइईमा दुई लाख ५० हजार ७७२ छात्र छन् भने दुई लाख ५३ हजार ६२७ छात्रा छन् । १५ जना अन्य समूहबाट एसइई दिन लागेको बोर्डले जनाएको छ । देशभरका परीक्षा केन्द्रमा ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कमेन्टहरु