बुटवलको तिनकुनेमा चक्कु प्रहारबाट युवक गम्भीर घाइते

नवलपुर टुडे
२०८० चैत्र १४ | बिहान ०६:१२ बजे

बुटवल, चैत १४ । बुटवलमा मंगलबार साँझ युवाहरुबीच विवाद हुँदा चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट एकजना युवा घाइते भएका छन् ।
बुटवल उपमहानगर – ९ तिनकुने सिद्धार्थ होटल अगाडि साँझ ९ बजेतिर स्थानीय युवाहरुबीच भएको झगडामा चक्कु प्रहारबाट बुटवल उपमहानगर वडा नं ३ का सागर थापा गम्भीर घाइते भएका हुन् ।
प्रहरीका अनुसार चक्कु प्रहारबाट थापाको दायाँ कोखामा चोट लागेको छ । घटनालगत्तै उनलाई उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएपनि अवस्था गम्भीर भएका कारण भैरहवास्थित मेडिकल कलेज रिफर गरिएको छ ।
घटनामा संलग्न बुटवल उपमहानगर वडा नं ३ का सुजन गलामी र युवराज पुनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुईजनामाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।























