गण्डकी प्रदेश, राजनीति

कावासोतीबाट मसाल जुलुस निकाल्ने नेबिसंघका ५ जना कार्यकर्ता पक्राउ

जगत ठाडा मगर
२०८० चैत्र ८ | मध्यान्ह ०८:१२ बजे

कावासोती, चैत ८ । पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीबाट नेबिसंघका ५ जना कार्यकर्ताहरु पक्राउ गरेका छन ।

पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका- ३ बस्ने बर्ष २३ को प्रज्वल पौडेल क्षेत्री (लुम्बिनी आदर्श डिग्री कलेज) को ईकाई सभापती, सोही स्थान बस्ने बर्ष १७ को सुजल अधिकारी (लुम्बिनी आवासिय माध्यमिक विद्यालय) को ईकाई सभापती, मध्यबिन्दु नगरपालिका -५ बस्ने बर्ष २६ को जितु खड्का (ने.वि.संघ जिल्ला सदस्य), हुप्सेकोट गाउँपालिका -४ बस्ने बर्ष २६ को हुमन पाण्डे (ने.वि.संघ जिल्ला सदस्य) र कावासोती नगरपालिका -३ बस्ने बर्ष १७ को रोहन क्षेत्री (नगर कमिटी सदस्य) रहेका छन ।

photo 2024 03 21 20 22 27 1

नेविसंघ लुम्बिनी आदर्श डिग्री कलेज कावासोतीको ईकाई सभापती प्रज्वल पौडेल क्षेत्रीको नेतृत्वमा अन्दाजी ६०/७० जनाको संख्यामा भेला भएर उप प्रधान एवम गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गरी विरोध स्वरुप मसाल जुलुस निकाल्ने क्रममा तत्काल जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.नि.महेश रायमाझीको कमाण्डमा २० जनाको टोली खटिगई पक्राउ गरेको हो ।

उनीहरुलाई बिहिवार साझ कावासोती नगरपालिका- ८ थानाचोकस्थित पूर्व पश्चिम राजमार्गबाट पक्राउ गरेका हुन । उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट अन्दाजी २०० मिटर पुर्व पर्छ ।

कमेन्टहरु