भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दीपक मनाङेलाई

नवलपुर टुडे
२०८० चैत्र ५ | मध्यान्ह ०३:१२ बजे

पोखरा, चैत ५ । स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ लाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन् ।
मन्त्री नियुक्तिसँगै आजै दिउँसो साढे ३ बजे मनाङेको सपथ ग्रहणको तयारी छ । यसअघि माओवादीको कोटामा रहेको भौतिक मन्त्रालय अब मनाङेलाई दिन लागिएको हो ।
यस्तै रिक्त रहेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृषि मन्त्री महेन्द्रध्वज जिसीलाई दिइएको छ ।























