लुम्बिनी प्रदेश

बहादुर गंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट संचालनमा

नवलपुर टुडे
२०८० चैत्र ४ | मध्यान्ह ०४:१२ बजे

कपिलवस्तु, चैत्र ४ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका- ८ बहादुर गंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट आज एक कार्यक्रमका बीच पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अभिषेक प्रताप शाहले उद्घाटन गरेका छन्।

तराई मधेशको हार्ट लाईनको रूपमा परिचित हुलाकी सड्क खण्ड बहादुर गंज चोकदेखि तौलिहवा जाने बाटोमा करिब ५०० मिटरको दूरीमा उक्त होटल संचालनमा आएको हो ।

पारीवारिक वातावरण, खानाका विभिन्न परिकार, नास्ताको सुविधा, बस्नको व्यवस्थासहित होटल संचालनमा ल्याइएको होटल संचालक महेश कुमार पासवानले जनाएका छन्।

कमेन्टहरु