प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

नवलपुर टुडे
२०८० चैत्र ४ | मध्यान्ह ०२:१२ बजे

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् ।
त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका हुन् ।


















