स्वास्थ्य

नेशनल मेडिकल कलेजद्वारा निशुल्क दन्त शिविर आयोजना, २ सय भन्दा बढी लाभान्वीत 

दिपेश कुमार शाह
२०८० चैत्र ४ | बिहान ०८:१२ बजे

वीरगंज, चैत ४ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आयोजनामा बाराको तेलकुवामा दन्त शिविर आयोजना गरिएको छ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ स्थित तेलकुवामा आयोजना गरिएको दन्त शिविरमा स्थानीय २ सय ९ जना लाभान्वित भएका छन ।

दन्त शिविरमा महिला पुरुष तथा बालबालिका गरी २ सय ९ जना सहभागी भई स्वास्थ्य लाभ लिएको नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिए । शिविरमा आएका मध्ये दन्तमा सामान्य समस्या भएकालाई तत्काल उपचार गरिनुको साथै औषधि समेत वितरण गरिएको र २८ जनाको दन्त नै निकाल्नु परेको उनले जानकारी दिए ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष शिबेन्द्र प्रताप सिंह, विशिष्ट अथितीमा नेशनल मेडिकल कालेज तथा शिक्षण अस्पताल वीरगंजका प्रवक्ता सेराज अहमद लगायतको उपस्थिति रहेको थियो ।

दन्त शिविरमा डाक्टर अबिनाश सिंह, डाक्टर हरेन्द्र मोहन सिंह, डाक्टर राजेश साह, डाक्टर सुर्बी मिश्रा र डाक्टर सिमा यादव लगायतले सेवा दिएका थिए ।

कमेन्टहरु