स्वास्थ्य

बाँकेको खजुरामा २ सय ५० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २७ जनामा क्यान्सरको लक्षण

नवलपुर टुडे
२०८० चैत्र ३ | बिहान ११:१२ बजे

बाँके, चैत ३ । खजुरा गाउँपालिकामा ३५ वर्षमाथिका दुई सय ५० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २७ जनामा पाठेघरको क्यान्सरको लक्षण पाइएको छ ।

गाउँपालिकाले सबै वडामा सञ्चालन गरेको निः शुल्क स्वास्थ्य शिविरमा दुई सय ५० जना महिलाको ‘भीआईए’ जाँच गर्दा २७ जनामा भीआईए पोजेटिभ अर्थात् क्यान्सर शङ्कास्पद पाइएको स्वास्थ्य शाखाका नर्सिङ अधिकृत लक्ष्मी केसी वलीले जानकारी दिनुभयो । क्यान्सर शङ्कास्पद पाइएका २७ जनालाई शिविरमै एक कोर्स एन्टिबायोटिक प्रदान गरेको र थप जाँचका लागि अस्पताल जान सुझाव दिइएको उहाँले बताउनुभयो ।

निः शुल्क स्त्रीरोग शिविरमा आठ सय ४० जनाले परीक्षण गराएका छन् । उनीहरूमध्ये नौ जना महिलामा पाठेघर खसेको समस्या पाइएको छ । पाठेघर खसेको समस्या भएकालाई शिविरमै रिङ पेसरी राखेर उपचार गरिएको छ ।

यस्तै १० जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने समस्या पहिचान भएपछि उनीहरूलाई शल्यक्रियाका लागि रिफर गरिएको वलीले बताउनुभयो । रासस/ तस्बिर: गजेन्द्र गुरुङ

कमेन्टहरु