Opens in a new tab

देश

सिआईबी प्रमुखमा श्यामलाल ज्ञवाली, प्रधान कार्यालय तानिए किरण बज्राचार्य

नवलपुर टुडे
२०८० चैत्र २ | मध्यान्ह ०७:१२ बजे

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) प्रमुख किरण बज्राचार्य प्रहरी प्रधान कार्यालय तानिएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रमुखमा सरुवा गरेको हो। कार्यविभाग सम्हाल्दै आएका श्यामलाल ज्ञवालीलाई भने सिआईबीको प्रमुख तोक्ने निर्णय सरकारले गरेको छ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई अनुसन्धानमा कमजोरी गरेको भन्दै विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।

कमेन्टहरु