मधेश प्रदेश

तस्करीको कार्यमा बाराको आमवा नाका ट्रान्जिट प्वाइन्ट बन्दै

रंजित चौरसिया
२०८० फाल्गुन ३० | मध्यान्ह ०५:११ बजे

बारा, फागुन ३० । तस्करीको कार्यमा बारा जिल्लाको आमवा नाका प्रख्यात हुदै भन्दा जो कोहीलाई पनि अच्चमीत पार्न सक्छ । तर यो सहि कुरा हो । बाराको आमवा नाकाबाट दिनहु करोडौ रकमको मालसमान अवैध तरिकाले नेपाल भित्रिन थालेपछि तस्करीको कार्यमा आमवा नाका प्रख्यातको रुपमा रहेको खुल्न आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्कर संगको सेन्डिगेट मिलाए पश्चात रातिको समयमा प्रति दिन २ देखि ३ वटा पिकअपमा अवैध तरिकाले मालसमान नेपाल भित्रिने गरेको घटना बाहिर आएको छ ।

मंगलवार अपरान्ह भारतीय नम्बरको पिकअपमा करिब ४५ लाख बराबरको कपडा लोड गरिएको थियो । भारतको रक्सौलमा लोड गरिएको पिकअप अदापुर नजिकै पर्ने मुर्तिया भन्ने ठाउमा गएर अनलोड समेत गरिएको थियो । तर रातिको समयमा साइकलको माध्यमले तस्करहरुको लस्कर गोदाममा पुगी धमाधम लोड गर्न थाले । साइकलको माध्यमले बाराको आमवा नाकामा पुग्दा त्याहा भारतीय एसएसवीका जवान लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको बाक्लो नै उपस्थित रहेको देखा समेत परे । तर साइकलको लस्करहरु हेर्नसाथ प्रहरीहरु पनि आफ्नो ठाउँ छोडदै छिठो मालसमान निकाल्न निर्देशन दिदै ठाउँ नै छोडेका थिए ।

अब यसमा प्रश्ण उठछ: कुन मालसमान थियो ? खाद्यान्न समाग्री थियो ? हार्डवेयर थियो ? कपडा थियो ? अथवा कुनै बिष्फोटक समाग्री नै थियो ? सीमा नाकामा खटिने प्रहरीहरु मात्र चाहेर प्रति दिन लाखौं करोडौको मालसमान अवैध तरिकाले आयात निर्यात गर्नै सक्दैन्न । यसका लागि उच्च तह अर्थात जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणसम्म तस्करहरुको पहुच भएकै कारण सीमा नाकामा खटिएका प्रहरीहरु मौन धारण गर्दै मालसमान आयातमा सहयोग गरेको हुन सक्ने आकल्न गरिएको छ ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता संग सिधा सम्पर्क गर्दा उहाले बारा जिल्लाको कुनैपनि नाकाबाट तस्करीका मालसमान आयात निर्यात नभएको ठोकुवा गर्छन तर खाने दात अर्कै र हेराउने दात अर्कै भन्ने उख्खान झै प्रहरीहरुको रवैया देखेर जोकोही पनि दंग हुन सक्छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाटै सादा पोशाकमा खटिने बिना वर्दीधारीका प्रहरीलाई तस्कर समुहले लाखौं रुपैयाँ महिनावारी दिए पश्चात आमवा नाकाबाट खेना , सहिम, बिगन लगायत तिन जनाको समुहमा तस्करीको लाइन नै खुल्ला गरिएको बताइन्छ । खेनालाई कुख्यात तस्करको रुपमा चिनिने गरिन्छ। उनको काम प्रहरीको उच्च तहका कर्मचारीलाई मिलाई कपडा र चल्लाको काम गर्ने गर्दछन । हाल कपडाको काम साइकलको माध्यमले गरेपनि अवैध तरिकाले नेपाल भित्रयाई पिकअप कै माध्यमले तस्करीका मालसमान बरियारपुर, कोल्वी, बेनौली लगायतको ठाउँहरुमा पुरयाउने गरेको खुलेको छ ।

कमेन्टहरु