रौतहटमा ट्याक्टरसहित डिजे साउण्ड नियन्त्रणमा


रौतहट । राैतहट प्रहरीले गत हप्ता पहिला सुचना जारी गरेका थियो तर आज साे सुचनालाई अबहेलना गर्दै डिजे साउन्ड बजाईरहेकाे अबस्थामा ट्रयाक्टरसहित DJ Sound System नियन्त्रणमा लिएका छन ।
आज ४ बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५ स्थित सार्बजनिक सडक खण्डमा चर्को आवाजमा अश्लिल गितहरू बजाउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी ट्राक्टरसहितको DJ Sound System र चालकलाई नियन्त्रणमा लिएकाे हो।
साथै यस्तो किसिमको गतिविधी नगर्न हालसालै जिल्ला प्रहरी कार्यालय रौतहटबाट कानूनी प्रावधान सहितको प्रेस विज्ञप्ति जारी समेत गरीएको थियो । यस्ता खालको चर्को ध्वनी सहितको DJ Sound ले मानिसहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने भएकोले फेरी पनि जिल्ला प्रहरी कार्यालय रौतहटले सबैमा ध्वनी प्रदुषण रहित वातावरण निर्माण गर्ने कार्यमा सहयोग गर्न सम्पुर्ण जिल्लावासी महानुभावहरुमा हार्दिक अनुरोध गरेको छ ।























