मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

बाजुराको बडीमालिका चुथि स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ सेवा संचालन

उमेश रोकाया
२०८० फाल्गुन २८ | मध्यान्ह ०१:११ बजे

बाजुरा । जिल्लाको बडीमालिका नगरपलिका ७ मा रहेको चुथी स्वास्थ्य चौकीले आजबाट स्मार्ट हेल्थ सेवा संचालनमा ल्याएको छ ।

स्वास्थ्य चाैकीबाट सेवाकाे गुणस्तर सुधारका लागि स्मार्ट हेल्थ ग्लोवल परियोजना मार्फत टेलि मेडिसिन सेवा सँचालनमा ल्याईएको हो ।
सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी नागरिकको स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाउन नगरपालिकाको पहलमा पालिका भित्र रहेका स्वास्थ्य सस्थामा सो सेवा संचालन गरेको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन ।

‘डिजिटल हेल्थ’ माध्यमबाट नागरिकको स्वास्थ्यलाई मध्यानजर गरि सेवालाई सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउन स्मार्ट हेल्थको सेवा संचालन गरिएको उपप्रमुख थापाकाे भनाई छ ।
बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले स्मार्ट हेल्थ कार्यान्वयनका लाग तयार गरिएको मार्गचित्र तयार गर्नेलाई समेत धन्यवाद दिएका छन् ।

स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि इस्मार्ट हेल्थ ग्लोवलको स्मार्ट हेल्थ’को अवधारणालाई अवलम्बन गर्दै विस्तारित रुप ‘डिजिटल हेल्थ’को कार्यान्वयनको चरणमा पुगेर कार्यान्वयन गरिएको अध्यक्ष पाध्यायले बताएका छन् । ‘डिजिटल हेल्थलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमता वृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाउँदै वडामा रहेका गरिव तथा बिपन्न नागरिकका लागि औजारको रूपमा हुने  वडाअध्यक्ष पाध्यायले बताए ।

स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिंदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने उदेस्यका साथ चुथि स्वास्थ्य चौकीमा सो सेवा संचालन गरिएको डाक्टर महेन्द्र श्रेष्टले बताएका छन । उनले भने स्वास्थ्य सूचनाको गोपनीयता र सुरक्षा सुनिश्चिततता सहित सेवालाई निरन्तरता दिन आफु कटिबद्ध भएको बताए ।

वञ्चितीकरणमा परेका र दुर्गम क्षेत्रका बासिन्दालाई पहिलो प्राथमिककतामा परे पनि सेवाबाट वञ्चित हुन नदिन स्मार्ट हेल्थ सेवाले दुर्गमका लागि प्रभावकारी रहने डाक्टर गुणराज अवस्थीले बताए ।

कमेन्टहरु