अपराध, गण्डकी प्रदेश

नवलपुरमा मोबाईल पसल तोडेर पन्ध्र लाख बराबरको चोरी

नवलपुर टुडे
२०८० फाल्गुन २५ | मध्यान्ह ०७:११ बजे

नवलपुर, फागुन २५ । नवलपुरमा गएराती एक मोबाईल पसलमा चोरी भएको छ । गैडाकोट नगरपालिका – १६ सोह्र नंम्बर चोकस्थित यम प्रसाद पौडेलले संचालन गरेको पौडेल मोबाईल लिंक पसलको सटरको ताल्चा तोडेर चोरी भएको हो ।

पसलबाट सामसुङ मोबाईल १४ थान, रेडमी मोबाईल २३ थान, ईन्फीनिक्स ५ थान, नोकीया मोबाईल २ थान, ओपो मोबाईल २ थान, रियलमी मोबाईल १३ थान, ओनप्लस २ थान, भिभो ३ थान, आईफोन सेकेण्ड हेन्ड ४ थान, घडि ५० थान, चार्जरहरु लगायत जम्मा अन्दाजी रु १५ लाख बराबरको चोरि भएको संचालक पौडेलले बताए ।

अपरिचित व्यक्तिहरुले पसल तोडेर मोबाईलहरु चोरी गरेको भनि पौडेलले बिहीबार राती १० बजेको समयमा अस्थाई प्रहरी पोष्ट बेल्डिहामा खबर गरेका थिए । चोरीमा संलग्न व्यक्तिहरुको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए ।

कमेन्टहरु