नवलपुरमा माटोको ढिस्कोले पुरिएर दुई युवक घाइते

नवलपुर टुडे
२०८० फाल्गुन २५ | मध्यान्ह ०७:११ बजे

नवलपुर, फागुन २५ । नवलपुरमा माटोको ढिस्कोले पुरिएर दुई जना युवक घाइते भएका छन् ।
जिल्लाको मध्यबिन्दु न.पा.-१५ हर्सपुरास्थित कृष्ण पोखरेलको बारीमा रहेको माटोको डिस्कोबाट लु ७ त ३२५१ नं.को ट्याक्टरमा माटो लोड गर्ने क्रममा पुरिएर दुई युवक घाइते भएका हुन् ।
घाइते हुनेमा सोही ठाउँकै २२ वर्षीय अमृत कुमाल र २३ वर्षीय अमित बोटे रहेका छन् । कुमालको दुवै खुट्टा र हातमा चोट लागेको छ भने बोटेको शरीरको भित्री भागमा चोट लागेको प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए ।
प्रहरी निरीक्षक शर्माका अनुसार घाइते दुवै जनालाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल, डण्डामा पठाइएको छ । उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।























