मधेश प्रदेश, मनोरन्जन

भारतीय अभिनेता गोविन्दा रौतहटको मौलापुर मधानी महोत्सवमा

नवलपुर टुडे
२०८० फाल्गुन २५ | मध्यान्ह ०६:११ बजे

रौतहट, फागुन २५ । रौतहटको मौलापुरमा आज शुक्रबारदेखि मधानी महोत्सव शुरु भएको छ । महोत्सवको पहिलो दिन भारतीय अभिनेता गोविन्दाले कार्यक्रम प्रस्तुत गरेका छन । 

मौलापुर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा सहभागी हुन भारतीय चलचित्रका सुपरस्टार अभिनेता गोविन्दा रौतहट आएका हुन । उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएका छन । अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । रौतहट आउन पाउँदा आफूलाई खुशी लागेको बताउदै उनले नेपाल र नेपाली दर्शकहरुको माया आफूले सदैव पाएको बताए ।

नेपाल सरकारको पर्र्यटकीय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महोत्सव सुरु भएको हो । मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ ।

पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातत्वविदलाई स्थलगत अध्ययन गराएर यो स्थानमा मधानी महायज्ञको सुरुवात गरिएको थियो । कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्व विभागको यहाँ उत्खनन गरेको थियो ।मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।

कार्यक्रममा नेपाली तथा भोजपुरी चलचित्रका कलाकारहरु पनि यो महोत्सवमा सहभागी छन् ।

कमेन्टहरु