मधेश प्रदेश, समाज

बन मुद्दामा पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन युवा संघ रौतहटको माग

अशोक यादव
२०८० फाल्गुन २५ | मध्यान्ह ०४:११ बजे

रौतहट, फागुन २५ । रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित रहेको पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

आफ्ना कार्यकर्ता छुटाउन माग गर्दै युवा संघ रौतहटले डिभिजन वन कार्यालय रौतहट अगाडि शुक्रबार सडक अवरुद्ध गरेर जोडदार रूपमा माग गरेको हो ।

बुधबार स्थानीय टीका बहादुर लामा (विक्रम लामा) लाई डिभिजन वन कार्यालय रौतहटले बदनियत पूर्ण ढंगले फसाएको आरोप आन्दोलनरत पक्षको रहेको छ ।

कमेन्टहरु