धर्म–संस्कृति/रीतिथिति, लुम्बिनी प्रदेश

महाशिवरात्रिका अवसरमा कपिलवस्तुको ताम्रेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

नवलपुर टुडे
२०८० फाल्गुन २५ | मध्यान्ह ०४:११ बजे

कपिलवस्तु । महाशिवरात्रिका अवसरमा कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको ताम्रेश्वर महादेवको मन्दिरमा पूजाआजाका लागि भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।

मन्दिर परिसरका हजारौं भक्तजनले आज बिहान ४ बजेदेखि नै ताम्रेश्वर महादेवको पूजा तथा भजन कीर्तन गरेका छन्।  १८७२ सालमा स्थापित यो मन्दिर २ सय वर्ष पुरानो मन्दिर हो। तत्कालीन अवस्थामा काठबाट निर्मित यो मन्दिर १९२८ सालमा आगलागीबाट क्षति भए पछि १९३० सालमा पुनर्निर्माण भएको थियो। मन्दिर भित्र रहेको शिवलिंग सम्भवत नेपालकै ठूलो शिवलिंग रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ताले दाबी गरे।

मन्दिरमा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची तथा भारतको सिद्धार्थनगर र बलरामपुर जिल्लाका भक्तजन समेत हजारौको संख्यामा हरेक वर्ष पूजाआजाका लागि आउने गर्छन्।

भक्तजनको भीड व्यवस्थापनका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू खटिएका छन्। भक्तजनको भीडभाडको फाइदा उठाउँदै महिलाहरूको गहना तथा पुरुषहरूको पाकेट मार्ने जस्ता चोरीजन्य अपराधका घटनाहरू घट्न नदिन मन्दिर परिसरमा सादा पोसाकका प्रहरीहरूको समेत परिचालन गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। मन्दिर परिसरमा साधु सन्त तथा भक्तजनले भजन कीर्तन गरी शिव आराधना गरिरहेका छन्।

मन्दिर बाहिरको बजारमा स्थानीय मेला समेत लागेको छ। यसै तौलेश्वरनाथ महादेव मन्दिरको नामबाट जिल्ला सदरमुकामको नामकरण तौलिहवा रहन गएको छ। 

कमेन्टहरु