अपराध, मधेश प्रदेश

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्धको जाहेरी प्रहरीमा दर्ता

नवलपुर टुडे
२०८० फाल्गुन २४ | मध्यान्ह ०५:११ बजे

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

नागरिकता कीर्ते गरेको कसुरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको हो । जाहेरी केही दिन पहिला नै आए पनि बिहीबार जाहेरी दर्ता भएको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

“जिल्ला सरकारी वकिल कार्यालयमार्फत आएको निवेदन दर्ता भएको हो । हामी अनुसन्धान गर्दैछौँ,” एसपी ढुंगेलले भने । सिंहविरुद्ध आफ्नो नागरिकता दुरुपयोग गरेर एक युवतीलाई नागरिता दिलाएको आरोप लागेको छ । 

कमेन्टहरु