बागमती प्रदेश

बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन

नवलपुर टुडे
२०८० फाल्गुन २४ | बिहान ०९:११ बजे

मकवानपुर । बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरेको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो । स्वास्थ्य निर्देशनालयको चालु आर्थिक वर्ष २०८०–०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक विद्यालयमा काम गर्ने गरी “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत विद्यालय नर्स सेवा करारमा लिने भएको हो । 

निर्देशनालयका अनुसार विद्यालय नर्स पाँचौँ तहको पदमा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दिन सक्नेछन् । इच्छुक उम्मेदवारले एक स्थानीय तहमा मात्र आवेदन दिनु पर्नेछ निर्देशनालयले जनाएको छ । निर्देशनालयको वेबसाइटमा रहेको दर्खास्त फारम भरी निर्देशनालय सहित प्रदेशका १३ जिल्ला स्थित स्वास्थ्य कार्यालयहरूमा आगामी चैत १४ गतेसम्म कार्यालय समय भित्र बुझाउन भनिएको छ ।

429041224_2517302185116331_6650803580238427520_n

कमेन्टहरु