अपराध, लुम्बिनी प्रदेश

नवलपरासीबाट सरकारी लिखत, छाप किर्ते गरेको आरोपमा एक जना पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन २३ | मध्यान्ह ०८:११ बजे

नवलपरासी, फागुन २३ । पश्चिम नवलपरासीबाट प्रहरीले सरकारी कागज तथा छाप किर्ते गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं १४ गंगाबस्तीबाट तान्त्रिक विद्या सिकाउने र झारफूक समेत गर्ने शिव नारायण सिंहलाई सरकारी कागज तथा छाप किर्ते गरेको आरोपमा मंगलबार दिउँसो पक्राउ गरिएको हो ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले सिंहको घर कोठा तलासी गर्दा उनी बस्दै आएको घरको कोठाबाट स्वयमको मृत्यु प्रमाणीत कागज १ पाना, रोहिणी गाउँपालिका ४ नं. वडा कार्यालय छिपागढ रुपन्देहीको रवर स्ट्याम्प (छाप) १थान, वडाध्यक्षको रवर स्ट्याम्प (छाप) १ थान, मिति २०६९।१०।०५ गतेको शिव नारायण सिंहको नामको सदगद पुर्जी समेतको फोटोकपी १पाना र १६०२९ नं को जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शिवनारायण सिंहको नामको नागरिकताको फोटोकपी १ पाना फेला पारेको थियो ।

सिंहलाई उक्त कागजातसहित नियन्त्रणमा लिई आज ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी (ब.सु.प.) मार्फत सम्मानित नवलपरासी जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक एवम सुचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिए ।

कमेन्टहरु