तस्कर, लुम्बिनी प्रदेश

नवलपरासीबाट सशस्त्र प्रहरीद्वारा अबैध प्याज बरामद

खुरसेद हजाम
२०८० फाल्गुन २२ | मध्यान्ह ०१:११ बजे

प्रतापपुर, फागुन २२ । नवलपरासीबाट सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा ल्याएर गोदाममा राखिएको प्याज बरामद गरिएको छ । सुस्ता गाउँपालिका- ५ बनकट्टिमा गोदाममा भण्डारण गरी राखेको ३३ क्वीन्टल भन्दा बढी प्याज सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल २६ नम्बर गणका टोलीले मंगलबार प्रति बोरा ५० के.जी.को ६७ बोरा प्याज लुकाई राखिएको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिए । उनका अनुसार नेपाल भारतको सिमाबाट ५० मिटरको दुरीमा पर्ने अमरनाथ यादवको घरबाट करिब १ लाख ४० हजार मुल्य बराबरको प्याज बरामद गरिएको बताए ।

तस्करहरुले खुला सिमानाबाट साइकलमा अवैध ढंगले नेपाल ल्याएर विक्रि वितरण गर्ने प्रयोजनले उक्त प्याज भण्डारण गरि राखिएको बताए । बरामद प्याज आबश्यक कारबाहीको लागि भन्सार कार्यालय महेसपुरमा बुझाउने तयारी भैईरहेको जानकारी दिए ।

कमेन्टहरु