गण्डकी प्रदेश, घटना

नवलपुरमा एक पुरुषको शव फेला

नवलपुर टुडे
२०८० फाल्गुन २१ | मध्यान्ह ०५:११ बजे

नवलपुर, फागुन २१ । नवलपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

सोमबार जिल्लाको मध्यविन्दु नगरपालिका – २ नन्दपुरस्थित नारायणी नदीको किनारमा अन्दाजी ४० वर्षीय पुरूष मृत फेला परेका हुन् ।

मृतकको हाल नाम, थर, वतन नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

कमेन्टहरु