पाल्पा स्थायी घर भएका सशस्त्र प्रहरीका डीएसपी बस्याल मृत फेला

नवलपुर टुडे
२०८० फाल्गुन २१ | मध्यान्ह ०५:११ बजे

मोरङ, फागुन २१ । सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग, धनपालथान मोरङका डीएसपी बस्याल गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
पाल्पा स्थायी ठेगाना भएका बस्यालको परिवार भने काठमाडौँमा रहेको बुझिएको छ ।























