गण्डकी प्रदेश, घटना

मुक्तिनाथ दर्शन गर्न आएका भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु

नवलपुर टुडे
२०८० फाल्गुन २१ | मध्यान्ह ०१:११ बजे

मुस्ताङ, फागुन २१ । मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आएका भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- १ मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आएका भारतको गुजरात बस्ने वर्ष ५७ का भुपेन्द्र भाइ पटेलको लेक लागेर मृत्यु भएको हो ।

लेक लागेर पटेललाई उपचारको लागि जिल्ला अस्पताल जोमसोम लगिएको थियो । उनको त्यहाँ उपचारको क्रममा मृत्यु भएको जि.प्र.का.मुस्ताङका प्रमुख डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

भुपेन्द्र उनका भाइ भरतसहित ४० जनाको समुहमा मुक्तिनाथ दर्शन गर्न आएका थिए ।

कमेन्टहरु