गण्डकी प्रदेश, धर्म–संस्कृति/रीतिथिति

प्रधानमन्त्री प्रचण्डद्वारा बागलुङको प्रशिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोट अवलोकन (फोटो फिचर)

नवलपुर टुडे
२०८० फाल्गुन १९ | मध्यान्ह ०६:११ बजे
प्रधानमन्त्री प्रचण्ड बागलुङको प्रशिद्ध धार्मिकस्थल पञ्चकोटमा ।

बागलुङ, फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शनिबार बागलुङको प्रशिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन र दर्शन गर्नुभएको छ । पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन शनिबार पञ्चकोट आउनुभएका प्रधानमन्त्री प्रचण्डले पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाको अवलोकन गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई स्वामी कमलनयनाचार्यले कुटीमा स्वागत गर्नुभयो ।

यहाँ निर्माण भएका गण्डकीमाताको मन्दिर, हनुमानबाटीकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मुर्ति र यज्ञमण्डपको अवलोकनसहित दर्शन गर्नुभयो । अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डले पञ्चकोटमा धार्मिक पूर्वाधार निर्माण गरेर मुलुककै मुख्य धार्मिक पर्यटकीयस्थल बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।  

प्रचण्डले भन्नुभयो, ‘‘महायज्ञमार्फत धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने यहाँहरुको उद्देश्यलाई सरकारको पनि साथ र सहयोग हुनेछ । यहाँ निर्माणधीन भौतिक पूर्वाधारलाई चाँडो निर्माण सम्पन्न गर्न सहयोग हुनेछ ।’’ प्रधानमन्त्री प्रचण्डलाई विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए ।  पञ्चकोटधाम स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । फागुन ९ गते देखि सुरु भएको महायज्ञ २३ गते सम्म सञ्चालन हुनेछ । 

p 10p 8p 11p 7 1p 5 1p 1p 2 1p 6 1p 3 1p 9p 4 1

 

कमेन्टहरु