स्वास्थ्य

गरुडा नगर प्रमुख जैसवालद्वारा औषधी वितरण

अशोक यादव
२०८० फाल्गुन १९ | मध्यान्ह ०५:११ बजे

रौतहट, फागुन १९ । गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमनी प्रसाद जैसवालले औषधी बितरण गर्नु भएको हो । शनिबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख जैसवालले आफ्नो पालिकाको मातहातमा रहेका १ देखि ९ नम्बर वडासम्ममा रहेको स्वास्थ्य चौकीका प्रमुखहरुलाई ५७ प्रकारको औषधी बितरण गर्नु भएको हो ।

स्वास्थ्य चौकीमा औषधी अभावको कारण आम सर्वसाधारण मानिसहरुलाई समस्या भईरहेको कुराको मध्यनजर गर्दै नगर प्रमुख जैसवालले उक्त औषधी बितरण गर्नु भएको गरुडा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रबिन झाले जानकारी दिनु भएको छ ।

उक्त औषधीले नगरका सर्वसाधारण नगरबासीहरुलाई हदसम्मको राहत मिल्ने भएको छ ।

कमेन्टहरु