देश

पृथ्वी सुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धनका ३१ सांसद प्रदेश प्रमुखकोमा जाँदै

नवलपुर टुडे
२०७८ जेष्ठ २९ | मध्यान्ह ०३:०२ बजे

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश भएपछि विपक्षी गठबन्धका सांसद सशरीर प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन् । सबै ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा रहेको नेकपा माओवादी केन्द्रका सांसद दीपक कोइरालाले बताए ।

शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर आज गुरुङले जनमोर्चाका कृष्ण थापा र जसपा महन्थ पक्षको पत्र पेश गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

गुरुङले २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

 

कमेन्टहरु