शिक्षा

रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत फतुवा बिजयपुर नगरपालिकामा विद्यालय भवन शिलान्यास

अशोक यादव
२०८० फाल्गुन १७ | मध्यान्ह १२:११ बजे

रौतहट, फागुन १७ । राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा अवस्थित श्री आधारभुत विद्यालयमा २२ लाखकाे लागतमा निर्माण हुने दुइ कोठे भवन शिलान्यास गरिएको छ ।

रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नं ९ खैरामा रहेको अाधारभुत विद्यालयमा निर्माण हुन लागेको दुइ कोठे भवन बिहीबार नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद सुनिल कुमार यादव (जितेन्द्र) को हातबाट शिलान्यास गरिएको हो ।

यस क्षेत्रमा रहेका अाधारभुत विद्यालयमा शिक्षण सिकाईकाे लागि पर्याप्त भवन नभएकाले साे भवनको शिलान्यास गरिएको हो । साे कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष पपु यादव, विद्यालयका प्रधानाध्यापक नबलकिशोर यादव, निर्माण समितिका अध्यक्ष केदारनाथ पाैडेल, शिक्षक तथा गाँउका भद्र भलाद्मीको समेत उपस्थिति रहेकाे वडा अध्यक्षले जानकारी दिए ।

कमेन्टहरु