समाचार

सिरहामा रिपोर्टिङको क्रममा पत्रकारमाथी हातपात तथा दुर्व्यवहार

रामएकवाल राम
२०८० फाल्गुन १६ | मध्यान्ह ०८:११ बजे

लहान । रिपोर्टिङकै क्रममा पत्रकार दिपेन कुमार मण्डल र क्यामेरा म्यान बलिराम दास माथि हातपात, तथा दुर्ववहार भएको छ ।

समाचार संकलनका लागि नवराजपुर गाउँपालिका वडा नम्बर ३ वडा कार्यलयमा पुगेका एबि न्युजका पत्रकारहरुलाई त्यही वडाका वडा अध्यक्ष बन्सिलाल यादवले हातपात तथा दुर्व्यवहार गरेका हुन।

नवराजपुर गाउँपालिका वडा नम्बर- ३ को समग्र विकास कृषि, स्वास्थ लगायतको अवस्थाबारे समाचार संकलनका लागि पत्रकार मण्डल दिउँसो करिब २ बजे त्यहाँ पुगेका थिए ।

स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारहरुलाई उक्त वडाका वडाअध्यक्षबाट हातपात तथा धम्कीपुर्ण हर्कत हुनु निन्दनीय रहेको छ । उनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेका छन।

एबि मिडिया हाउसका अध्यक्ष निरज कुमार यादवले उक्त घटनावारे सिरहा जिल्ला पत्रकार महासंघ तथा जिल्ला प्रहरीलाई खबर गरेको बताएका छन् । उनले संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गर्न र स्वतन्त्र रुपमा समाचार संकलन गर्ने क्रममा कसैले हातपात गर्ने तथा धम्की दिने काम गर्नेलाई कार्वाही हुनुपर्छ भन्ने बताए छन।

कमेन्टहरु