अपराध, लुम्बिनी प्रदेश

कपिलवस्तुबाट अबैध लागुऔषध चरेससहित पाँच जना पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन १४ | बिहान ११:११ बजे

कपिलवस्तु, फाल्गुन १४ । कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले तीनजना महिला र दुईजना पुरुषलाई २४ केजी ५६० ग्राम लागूऔषध चरेससहित आइतबार साझ नियन्त्रणमा लिएको छ ।

रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै छ भन्ने प्राप्त गोप्य सुचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरुलाई चेकजाँच गरेको थियो ।

खनियाबास ५ धादिङका ५९ बर्सिय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ बर्सिय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ बर्सिय साङ जोङ तामाङनिको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० बर्सिय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पुर्बका ३७ बर्सिय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागूऔषध चरेस फेला परेको हो ।

निजहरूको कम्मरमा कपडाको पेटी बनाई बाधी लुकाई छिपाई राखिएको अबस्थामा प्रहरीले खानतलासी गरी उक्त लागूऔषध चरेस बरामद गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ । भरिया मात्र पक्राउ परेर मुख्य कारोबारी उम्कन्थे तर यो घटनामा भने कपिलवस्तु प्रहरी सफल रह्यो ।

धादिङकी सेती तामाङ पेशेवर भरिया हुन । उनी यसअघि धादिङ र कृष्णनगरबाट लागुऔषध चरेससहित पक्राउ परेर मुद्दा खेपिसकेकी पात्र हुन । उनी धरौटीमा छुटेदेखी प्रहरीले निगरानी गरिरहेको थियो ।

भुमेकी भावना दाङको लमही बसोबास गर्छिन भने बाँकी ४ जना भारतमा मजदुरी गर्ने बुझिएको छ । नियन्त्रणमा लिइएका पाँचै जनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

कमेन्टहरु