अपराध, मधेश प्रदेश

रौतहटबाट गाँजासहित एकजना पक्राउ

अशोक यादव
२०८० फाल्गुन १३ | मध्यान्ह ०७:११ बजे

रौतहट, फागुन १३ । रौतहटबाट अबैध लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका- १ हरैया निबासी ३५ बर्षिय हबिब अंसारी रहेका छन ।

प्रहरीको गस्ति टोलीले गुजरा नगरपालिका- ४ लाल बकैया खोला बाँधमा चेकजाँच गर्ने क्रम्मा अंसारीलाई पक्राउ गरेको हो ।

अन्सारीले लागुऔषध गाँजा पिठयूँमा बोकेर ल्याएको ब्यागबाट गाँजा बरामद गरिएको प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनको साथबाट अबैध गाँजा ४ किलो बरामद भएको छ ।

अहिले उनलाई ईलाका प्रहरी कार्यालय लक्ष्मीनिया बिजयपुरको हिरासतमा राखी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

कमेन्टहरु