देश

सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण, ५ जना पक्राउ

नवलपुर टुडे
२०७८ जेष्ठ २९ | बिहान १०:०२ बजे

काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा मध्यरातमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा गएराति ११ बजे आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए ।

एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

कमेन्टहरु