समाचार

मुस्लिम समुदायका अगुवाहरूले यूपी मदरसा बोर्डप्रति व्यक्त गरे हार्दिक आभार

नवलपुर टुडे
२०८० फाल्गुन ११ | बिहान ११:११ बजे

कपिलवस्तु, फाल्गुन ११ । हालै संचालनमा १३ देखि २१ तारिखसम्म चलेको यूपी मदरसा बोर्डको परीक्षामा नेपालको लुम्बिनी प्रदेशबाट धेरै छात्र/छात्राहरू मदरसा बोर्डको परीक्षा दिन गएको जानकारी गराइएको छ ।

सोही सन्दर्भमा आज कपिलवस्तुको कृष्णनगरमा बैठक बसेको थियो । कार्यक्रमको अध्यक्षता अरश असलम खाले गरेका थिए । प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली रहेका थिए ।

कार्यक्रममा बोल्दै मौलाना मशहूदले नेपाल सरकारले मोलवी (कक्षा १०) आलिम (कक्षा १२) सम्मको समकक्षता दिएको, नेपालको बार्डरसँग जुडेको भारतको मदरसा (विद्यालय) हरूमा परीक्षा केन्द्र बनाएको तथा नेपालका विद्यार्थीहरू परीक्षा दिन गएको बताउँदै उत्तर प्रदेश सरकार, यूपी मदरसा बोर्डका चेयरमैन इफतखार अहमद खान, निर्देशक डा. प्रियंका अवस्थी, उप निर्देशक विजय प्रताप यादव, आल्पसंख्यक अधिकारी सिद्धार्थनगरका तनमय पाण्डेय लगायतलाई धन्यवाद व्यक्त गर्दै नेपाली विद्यार्थीहरूलाई मदरसा बोर्डको परीक्षामा सामेल गराएको प्रति हार्दिक आभार समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै इन्तेखार अहमद खाले असातुल स्लाम बढ्नी, खदिजुतुल कुबरा गर्ल्स कालेज मधवापुर, जामिया अहले सुन्नत फैजे मुस्तफा सिद्धार्थनगर, अरबिया अहले सुन्नत, दारूल उलुम अहले सुन्नत फैजे रसुल बरावसरिफ लगायतका मदरसा हरूमा रहेको परीक्षा केन्द्रका प्रमुखहरूलाई हार्दिक बधाई दिए । सोही अवसरमा डा. सहाबुद्दीन मदनी‌ मुबारकबाद दिँदै हामी सबै मदरसा बोर्ड र अल्पसंख्यक मुस्लिम समुदायका लागि सधै सम्मान रहने बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष अरस असलम खाले लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिको कार्य सराहनीय रहेको साथै भारतको मदरसा बोर्डमा नेपाली विद्यार्थी सामेल गराउने कार्य प्रशंसनीय रहेको बताए । कार्यक्रममा खतिजुल कुबराका जिम्मेदार मोहम्दलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा जामिया सिराजुल उलुम मदरसाका प्रोफेसर डा. सहाबुद्दीन मदनी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, मदरसा जैदबीन सावितका प्रधानाध्यापक तारिक रियाज, जामा मस्जिद सिराजुल उलुमका इमाम अब्दुल मतिन, कैफ खान, अब्दुल कादिर, इकरार खान, नियाज देवबन्दी, शहबाज़ खान, ओयस बेग लगायतको सहभागिता रहेको थियो ।

कमेन्टहरु