दुर्घटना

रौतहटबाट सर्लाहीमा आलु खन्न गएको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

अशोक यादव
२०८० फाल्गुन ९ | मध्यान्ह ०६:११ बजे

रौतहट, फागुन ९ । सर्लाहीको बरहथवा नगरपालिका वडा नं १५ नहरमा ट्याक्टर पल्टिँदा दुई जनाकाे मूत्यु भएकाे छ । 

राैतहटकाे गढिमाई नगरपालिका वडा नं ९ मलाहि टाेलबाट सर्लाहीको बरहथवा आलु खन्न जाँदै गरेको ट्याक्टर राैतहट र सर्लाहीकाे बिचमा बागमती नदि पुलपारी पल्टिँदा ट्याक्टरमा सवार १२ जना कामदार मध्ये दुई जनाकाे मूत्यु भएकाे हो ।   

मूत्यु हुनेमा गढिमाई नगरपालिका वडा नं ९ बस्ने वर्ष ५५ काे जयलाल सहनी र वर्ष ५० काे रामनाथ सहनी रहेका छन् । यस्तै उक्त दुर्घटनामा अन्य दुई जना अकाश सहनी र किसन सहनी घाइते भएका छन् । उनीलाई थप उपचारकाे लागि बिरगंज लगिएको छ ।

मृतकका शव परीक्षणकाे लागि प्रादेशिक अस्पताल गाैरमा लागिएको छ । विपरीत दिशाबाट अाईरहेकाे माेटरसाईकललाई बचाउने क्रममा ट्याक्टर नहरबाट तल पल्टिएको ईलाका प्रहरी गरूडाका प्रहरी नायव उपरीक्षक अाेमप्रकाश खनालले जानकारी दिए ।

कमेन्टहरु