समाचार

देवाही गाेनाही शाखा प्रमुख यादवको निधनमा स्वास्थ्य कार्यालय राैतहटद्वारा श्रद्धाञ्जली अर्पण

अशोक यादव
२०८० फाल्गुन ९ | मध्यान्ह ०१:११ बजे

राैतहट, फागुन ९ । रौतहटको देवाही गोनाही नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघात भई निधन भएकोमा स्वास्थ्य कार्यालय राैतहटले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

स्वास्थ्य कार्यालय राैतहटको आयोजनामा जिल्ला समन्वय समिति राैतहटका प्रमुख राम अयाेध्या यादवकाे अध्यक्षतामा सियापैलेस गाैरमा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख यादवको निधन भएकोमा एक कार्यक्रमबिच श्रद्धाञ्जली व्यक्त गरिएको हो । देवाही गोनाही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवका मृत आत्माको चिर शान्तिका लागि कामना सहित एक मिनट माैन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।

साे कार्यक्रममा राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, स्वास्थ्य कार्यालय प्रमुख विपिन कुमार साह, नेपाल रेडक्रसका सभापति राजकिशाेर यादव, सशस्त्र प्रहरी बल राैतहटका प्रहरी उपरीक्षक बिक्रम कुमार राई सहितले स्वास्थ्य प्रमुख यादवको असामयिक निधन भएको खबरले दुखी बनाएको भन्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन एवम् आफन्तजनमा गहिरो समवेदना समेत प्रकट गरेका थिए ।

कमेन्टहरु