पर्वतको बिहादी गाउँपालिकामा दादुरा रुबेला खोप अभियान


पर्वत, विहादी । पर्वतको बिहादी गाउँपालिकामा दादुरा रुबेला खोप अभियान २०८० पालिका स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
बिहादी गाउँपालिका अध्यक्ष परविन गुरुङको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष परविन गुरुङले गाउँपालिकामा हुने स्वास्थ्यको कार्यक्रमलाई सफल बनाउन कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।
सोहि कार्यक्रममा बोल्दै उपाध्यक्ष मिना तिवारीले दादुरा रुबेला अभियानमा हामी जनप्रतिनिधिहरु पनि सक्रियताका साथ् लागि पर्ने बताउनुभयो | सोहि कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद भुसालले स्वास्थ्यका कार्यक्रमहरु सम्बेद सिल भएकाले यस अभियानलाई सफल बनाउन जनप्रतिनिधि, पत्रकार सरोकारवाला सम्पूर्णलाई सहयोगका लागि अपिल गर्नुभयो ।
उक्त कार्यक्रम संचालन तथा व्यवस्थापन बिहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र नाथ पौडेलले गर्नुभयो |























